मिति २०८१/०८/२६ गते बुधबार लायन्स भवन, इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेला अत्यन्तै सौहार्दपुर्ण बाताबरणमा शभ्य तथा भब्य तरिकाले सम्पन्न भएको छ। प्रदेश समिति सदस्य तथा सुनसरी जिल्ला संयोजक श्री जीवन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख उपस्तिथि प्रतिनिधि सभा सदस्य माननीय श्री अशोक कुमार चौधरीको रहेको थियो। कोशी प्रदेश समिति सदस्य एवम प्रवक्ता कमल बाबु मैनालीले संचालन गरेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य निशा मेहता, केन्द्रिय सदस्य तथा प्रदेश सभापति राजेश तिम्सिना,साथै केन्द्रिय प्रदेश सदस्य,पालिका र भएका वडाका पदाधिकारीहरु, कार्यबिधी अनुसार तोकिएका प्रतिनिधि सदस्यहरु एवम शुभेच्छुक घण्टीमित्रहरुको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रम प्रथम (खुल्ला) सत्र र बन्द सत्र गरि दुई भागमा बिभाजन गरि प्रदेश कोषाध्यक्ष चन्द्र बहादुर राई को संयोजक्त्वमा गठित सरिता लामा कार्की र मनोज चापागाईं समेत रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति मनोनयन/ निर्वाचन (बिधान, जिल्ला भेला कार्यबिधी, निर्वाचन कार्यबिधी अनुसार) सम्पुर्ण प्रक्रिया पूरा गरि तपसिल बमोजिमको सुनसरी जिल्ला कार्यसमिति गठन गरिएको छ। ऐतिहासिक प्रथम सुनसरी जिल्ल भेला २०८१ बाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूमा
तपशिल:
सभापति: जीवन कुमार श्रेष्ठ (बराह)
उपसभापति: सागर दाहाल (इनरुवा)
सचिव: राजाराम कुमार मेहता (गढी)
सहसचिव: मोहन निरौला (इटहरी)
सदस्यहरू:
• राज कुमारी मेहता (देवानगन्ज)
• लक्ष्मी सुवेदी (दुहबी)
• राजेशमान श्रेष्ठ (धरान)
• देवराज अधिकारी (इटहरी)
• तारानाथ कट्टवाल (रामधुनी)
र २ जना मनोनीत हुनेछ।भेला उपस्थित सांसद चाैधरीले हामी यहाँ राजनीति मात्र गर्न आएका छैनौँ, हामी समाजमा गहिरो परिवर्तन ल्याउन । देशलाई सही दिशा दिन, र जनतालाई समृद्ध बनाउने दृढ संकल्पका साथ आएकोले सुनसरी जिल्लाको नेतृत्वले पार्टीलाई थप सशक्त, क्रियाशील र उद्देश्य प्राप्तिमा अघि बढाउने विश्वास व्यक्त गर्नु भएको थियो।
साथै ऐन र कानुनको छिद्रा खोजेर सहकारीको ८८ अर्व अपचलन गर्नेहरूलाई उन्मुक्ति दिने खेेल,र कांग्रेस र एमालेका नेताहरु लाई बचाउन गरिएको यो प्रायोजित जालझेल ,राज्यको आंतक हो ।राज्य आंतक बन्द गर्न सरकारलाई चेेताबनी समेत दिएका थिए ।