काठमाडौं, – विद्युत कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रियामा ७ प्रतिशतसम्म कमिसन मागिएको आरोप सार्वजनिक भएपछि नेपाल धितोपत्र बोर्डले त्यसलाई “भ्रामक” भन्दै खण्डन गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले यस्ता आरोपहरू नियामकीय सुधार प्रयासप्रति असन्तुष्ट समूहहरूबाट आएका भनी प्रतिक्रिया दिएको हो।
बोर्डले स्पष्ट पारेको छ कि बजार सुधारका कदमहरूलाई बदनाम गर्न नियोजित ढंगले यस्ता प्रचारहरू गरिएका हुन्। विज्ञप्तिमा भनिएको छ, “बजार सुधारको प्रयासबाट अत्तालिएकाहरूले भ्रामक आरोप लगाएका छन्।”
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले कसैले बोर्ड अध्यक्षको नाममा कमिसन मागेको वा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको देखेमा त्यसको तथ्यसहित जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
धितोपत्र बजारमा पारदर्शिता र सुशासन कायम राख्ने उद्देश्यले बोर्डले यस्ता आरोपहरूको यथार्थ छानबिनका लागि सघाउन सबैलाई अनुरोध गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार