काठमाडौँ महानगरपालिका–२६, ठमेलस्थित भविश्वर शर्माको घरमा आज बिहान आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, उक्त घरको दोस्रो तलामा सञ्चालित ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीको खबर प्राप्त भएलगत्तै नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।
समयमै आगो नियन्त्रणमा लिन सफल भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि व्यवसायिक तथा व्यक्तिगत सम्पत्तिमा ठूलो नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
१९ माघ २०८१, शनिवार ०५:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता