काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, चःमतिमा बस्दैछ। बैठकमा हाल निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनात्मक कारबाहीका विषयमा निर्णय गरिने भएको छ। पार्टीले आन्तरिक प्रतिवेदन मिडियामा चुहाएको र पार्टी हितविरुद्ध गतिविधि सञ्चालन गरेको आरोपमा उनलाई महामन्त्री, प्रवक्ता, र केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो।
यसअघि बसेको केन्द्रीय समिति बैठकमा डा. ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो। अबको बैठकमा उनलाई साधारण सदस्यताबाट पनि निष्कासन गर्ने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, आजको बैठकमा स्थानीय छाया सरकार सञ्चालनका लागि कार्यविधि निर्माण, पार्टीका आधारभूत संगठनहरूलाई सुदृढ बनाउने योजना, र संगठनात्मक प्रभावकारिताका अन्य उपायहरूको विषयमा पनि छलफल गरिनेछ।
बैठकमा समसामयिक पार्टी गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी असोज १ र २ गतेका लागि तय भएको राष्ट्रिय भेलाको तयारीबारे निर्णय गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय