काठमाडौंमा आज सवारी जामको सम्भावना, ट्राफिक प्रहरीको आग्रह

काठमाडौं, चैत १५ – काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज सवारी जामको सम्भावना रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तीनकुनेमा राजावादी समूह र भृकुटीमण्डपमा गणतन्त्रवादी समूहको प्रदर्शनका कारण बिहानैदेखि सडकमा जाम हुन सक्ने प्रहरीको अनुमान छ।


उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार प्रदर्शनस्थलहरूमा भिडभाड बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन १,८०० ट्राफिक प्रहरी परिचालन गरिनेछ। साथै, आवश्यकतानुसार सवारी साधन डाइभर्सन गरिने व्यवस्था मिलाइने उनले जानकारी दिए।


यी क्षेत्रहरूमा सवारी आवागमन प्रभावित हुने

रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार

एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर


ट्राफिक प्रहरीका अनुसार, गणतन्त्रवादी समूहले राति १२ बजेदेखि नै भृकुटीमण्डपमा स्टेज निर्माण सुरु गरिसकेको छ भने राजावादी समूह तीनकुनेमा प्रदर्शन गर्ने तयारीमा छ। भृकुटीमण्डपमा बिहान ११ बजेतीनकुनेमा दिउँसो १ बजे प्रदर्शन सुरु हुने तय भएको छ।


यात्रा गर्नुपर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया