काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभामा सरकारको कडा आलोचना गरेका छन्। उनले सरकारले न्यायको रक्षा गर्नेभन्दा अन्यायको संरक्षण गरिरहेको आरोप लगाए।
सांसद चौधरीले कमलरी प्रथाको अन्त्यको घोषणा भएको ११ वर्ष बितिसक्दा पनि थारु चेलीहरू अझै शोषणमा परेको उल्लेख गर्दै दाङकी एक थारु नाबालिकालाई सांसदकै संरक्षणमा वर्षौंदेखि बन्धक बनाएर शोषण गरिएको घटनाप्रति आक्रोश व्यक्त गरे।
"काठमाडौं महानगरपालिकाले ती नाबालिकाको उद्धार गर्यो, तर कारबाही शून्य छ। यदि नेपाल सरकारले अपराधीलाई उन्मुक्ति दिने र सरकार मुकदर्शक बन्ने हो भने, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर खुलेरै घोषणा गरिदिए हुन्छ," सांसद चौधरीले भने।
उनले सरकारमाथि आफ्ना नेता–कार्यकर्तालाई जोगाउने, भ्रष्टाचारीलाई संरक्षण गर्ने र दलाल–बिचौलियालाई उन्मुक्ति दिने आरोप लगाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरे।
सांसद चौधरीले सभामुखमार्फत सरकारलाई जवाफदेही बन्न आग्रह गर्दै अपराधीलाई कारबाही नभए सरकार स्वयं अन्यायको संरक्षकका रूपमा इतिहासमा दर्ज हुने चेतावनी दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता