काठमाडौं, वैशाख १९।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज औपचारिक भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय समन्वय तथा साझा हितका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा आपसी विश्वास, सहयोग र समझदारीलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
भाजपाका वरिष्ठ नेता समेत रहनुभएका चौथाइवालेले भारतको तर्फबाट नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
भ्रमणको क्रममा चौथाइवालेले नेपाली नेताहरू, बुद्धिजीवी र व्यवसायीहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय