सरकार र यातायात व्यवसायीबीच सहमति, चक्काजाम कार्यक्रम फिर्ता

काठमाडौं, जेठ २० – सरकारले राइडसेयरिङसम्बन्धी नियमावली स्थगन गर्न तयारी देखाएपछि सार्वजनिक यातायात व्यवसायीहरूले घोषणा गरेको देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिएका छन्।


सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा सहमति जुटेको हो। सहमतिअनुसार गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली (जसअनुसार रातो नम्बर प्लेट भएका सवारीले पनि यात्रु बोक्न पाउने प्रावधान थियो) स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्नेछ।


यस सहमतिसँगै यातायात व्यवसायीहरूले आह्वान गरेको चक्काजाम कार्यक्रम फिर्ता लिएका हुन्।


यातायात व्यवसायीहरूले राइडसेयरिङ सेवाले आफ्नो व्यवसायलाई असर पुर्‍याएको भन्दै नियमावलीको विरोधमा आन्दोलन गरिरहेका थिए। सरकारले वार्ताबाट समाधान खोज्ने प्रयासस्वरूप नियमावली स्थगनको तयारी गरेको हो।


स्रोत: आमादर्शन न्युज


प्रतिक्रिया