चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकन दूतावासले भिषा दिएन

चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकन दूतावासले भिषा दिएन भन्दै हजारौं मनगढन्ते टिका टिप्पणी गर्ने र दूतावास अगाडि मूढेबल प्रयोग गर्दै जुलुस, नारा, धर्ना बिरोध गर्नुको साटो कारण पत्ता लगाउने प्रयास गरौं। बर्तमान परिप्रेक्ष्यमा बलात्कार आरोपमा सन्दीपलाई नेपाल झिकाउन केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको "रेड कर्नर " नै सम्भवत मुख्य बाधक देखिएको छ भने सो को फुकुवा गर्नुपर्छ राज्यलाई थाहा छैन् । कहाँ कुन के फाइल कस्तो अवस्थामा छन् भन्ने सम्बन्धमा नेपालका तीनै निकाय अनभिज्ञता छन् । अपराधी भनी बोलाएको व्यक्ती अदालतबाट सफाइ पाए पनि त्यही अनुरुप कुनै कागजात बनाउन नसक्नु तरलिकरणको राजनीति नै हो भने बेलाबेलामा सत्ता समीकरण फेरि रहने विविध कारण सँग क्यानका पदाधिकारीहरुको मनोमानी नै देखिन्छन् । जस्ले नेपाल चिनाए त्यसैलाई अलपत्र पारेर स्वास्नी घुमाउने योजना अनुरुपको टि 20 वल्डकप आसिसी क्रीकेट सावित हुनु बाहेकको नौलो कुनै अरु हुने छैन् । साथै सरोकार निकायले  नोटिस जारी गरिएका ठाउँहरुबाट तत्काल हटाउन लगाउनुपर्यो अन्यथा अरु देशमा जाँदापनि सन्दीपलाई भिषा दिईनेछैन् १५ औं खेलाडी भनिए तापनि जम्बो २६ मा समेत कहिंकतै सन्दिपको नाउँ उल्लेख छैन् । हिजो हामीले सोच्दै गरेको गणतन्त्र आई पुग्दा मैले सेवा बापत स्वास्नी घुमाउन पाउनुपर्छ भन्ने अभिव्यक्ति सार्वजनिक हुन्छन् भने त्यस्ता व्यक्तिलाई तत्काल राजीनामा गराउन सक्नुपर्छ ।

कुन देशबाट कुन पद मान्छे आउँछ भनी नालायकपन जवाफ दिन्छन् भने यो व्यवस्था पञ्चायती व्यवस्था नै हो । एउटा राजा हटाएर हजारौं राजा बनाउने व्यवस्था मात्र चलनचल्तीमा पो ल्याएका छैनौं सोच्ने दिन ढिलो भएको छ भने गैरजिम्मेवारपुर्ण जवाफ सहित महिनौं अगाडि सन्दिपको कुनै वास्ता नगरी अमेरिका परिवार साथीभाइसँग उड्ने चत्तुर बहादुर चन्दको खर्च राज्य उठाउनु कदाचित अपराध सरह नै हुनेछ भने त्यो अपराध नै हो । 

प्रतिक्रिया