तस्वीर: जितेन्द्र श्रेष्ठ ( जेन)
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन लाग्नुभएको छ। नेपाल अहिले (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको, संक्रमणकालीन न्यायका लागि सर्वसम्मत कानुन निर्माण गरिएको, र शान्ति स्थापना प्रयासहरूमा नेपालको ठूलो योगदान रहेको परिप्रेक्ष्यमा, यो महासभा नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो स्थान थप सुदृढ पार्ने अवसर भएको छ।
प्रधानमन्त्री ओलीले महासभामा शान्ति स्थापनामा नेपालको भूमिका, विश्वव्यापी रूपमा देखापरेका युद्धको जटिलता र शान्तिपूर्ण समाधान, गरिबी निवारण, दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तन, र खाद्य सङ्कटलगायतका विषयमा आफ्नो धारणा राख्नुपर्ने बताइएको छ। साथै, नेपाललाई लगानी र भ्रमणको लागि उत्कृष्ट गन्तव्य बनाउन अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त गराउनुपर्नेमा पनि जोड दिइएको छ।
महासभामा नेपालको सहभागिता कूटनीतिक रूपमा नेपालको सशक्त उपस्थिति र नेपाली नागरिकलाई संयुक्त राष्ट्र संघको उच्च पदमा प्रतिनिधित्व गराउने दीर्घकालीन लक्ष्यतर्फ एक कदम अगाडि बढाउने प्रयासको रूपमा हेरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय