इलाम । गतेको बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोबाट प्रभावित इलामको सूर्योदय नगरपालिकामा क्षति मूल्यांकन तथा पुनःनिर्माणबारे छलफल गर्न नगरस्तरीय विपद् व्यवस्थापन समितिको छैटौँ बैठक सम्पन्न भएको छ।
नगर प्रमुख रणबहादुर राईका अनुसार विपद्बाट ५३ परिवार विस्थापित भए पनि कागजात अभाव र राहत नचाहने ३–३ परिवारका कारण ४७ परिवारलाई मात्र अस्थायी आवासका लागि ५० हजार रुपैयाँ दुई किस्तामा वितरण गरिएको हो।
बैठकमा प्रस्तुत विवरण अनुसार,
-
स्थायी घर पुनःनिर्माणमा स्थानीय सरकारको २० प्रतिशत र प्रदेश तथा संघ सरकारको ८० प्रतिशत योगदान रहनेछ।
-
पूर्ण क्षति बेहोरेका परिवारले ४ लाख रुपैयाँ सहयोग पाउनेछन्।
नगरपालिकाले अहिलेसम्म २८ लाख ७२ हजार ३९६ रुपैयाँ मर्मत–सम्भारमा खर्च गरिसकेको छ। बाढी–पहिरोले सबै वडाका अल–वेदर सडक र ग्रामीण कच्ची सडकमा व्यापक क्षति पुर्याएको बैठकमा रिपोर्ट गरिएको थियो।
एकैपटक सबै सडक पुनःनिर्माण कठिन भएकोले आवश्यकता अनुसार क्रमिक रूपमा मर्मत अघि बढाइने निर्णय भएको छ। पालिकामा मात्र एक डोजर भएकाले अतिरिक्त डोजर भाडामा लिएर काम गरिनेछ।
प्रदेश र संघीय सरकारको बजेटमा बनेका संरचनाको पुनःनिर्माण दायित्व ती निकायकै हो तर नागरिकको अपेक्षा स्थानीय तहप्रति हुने भएकाले मर्मत–सम्भार स्थानीय सरकारले नै प्रारम्भ गर्नुपर्ने सुझाव सरोकारवालाहरूले बैठकमा दिएका छन्।
नगर उपप्रमुख दर्गाकुमार बरालले स्थानीय तहको बजेट सीमित रहेको उल्लेख गर्दै प्रदेश र संघ सरकारले आफ्नो दायित्वअनुसार सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार राई, प्रहरीका डीएसपी, विषयगत समितिका प्रमुख, पत्रकार, कर्मचारी तथा सरोकारवालाको सहभागिता थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार