तराई मधेस जनजागरण अभियान पुनः सुरु, प्रचण्डको सम्बोधन तयारी

 – नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जनजागरण अभियान पुनः सुरु भएको छ। केही दिनको अन्तरालपछि बिहीबारदेखि अभियानलाई निरन्तरता दिइएको हो।


माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता मातृका यादव लगायत शीर्ष नेताहरू बुधबार नै बारा पुगेका थिए। बिहीबार बिहान उनीहरूले सिमरौनगढ दरबार अवलोकन गरेका छन् भने स्थानीय जनतासँग अन्तर्क्रिया समेत गरेका छन्। सोही क्रममा प्रचण्ड नेतृत्वको टोलीले ऐतिहासिक सिम्रौनगढ रानीवास मन्दिरको पनि अवलोकन गरेको थियो।


यस अभियान अन्तर्गत बिहीबार नै कचोर्वा टोलमा जागरण सभा आयोजना गरिएको छ। सो सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र, बारा ले जनाएको छ।


गत फागुन २४ गतेदेखि देशभर राजावादी समूहहरूको गतिविधि तीव्र बनेपछि माओवादी केन्द्रले आफ्नो अभियानलाई केही समयका लागि स्थगित गरेको थियो। तर, अब पुनः अभियानलाई निरन्तरता दिँदै जनस्तरसम्म पार्टीको सन्देश पुर्‍याउने रणनीति लिएको बताइएको छ।


(© Aama Darshan News)

प्रतिक्रिया