काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनका क्रममा हिंसा र तोडफोड तत्काल रोक्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आन्दोलनकारीलाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका मेयर साहले हाल भइरहेको आन्दोलनलाई जेन–जी पुस्ताको आन्दोलन भन्दै संयमित रहन आग्रह गरे। उनले भनेका छन्, “प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।”
उनले अबको नेतृत्व जेन–जी पुस्ताले लिनुपर्ने बताउँदै त्यसका लागि तयार रहनुपर्नेमा जोड दिए। साथै, उनले सेना प्रमुखसँग वार्ता गर्न आफू तयार रहेको तर त्यसअघि संसद् विघटन हुनु अनिवार्य भएको प्रष्ट पारेका छन्।
मेयर साहले आन्दोलित युवाहरूमाथि संयमित भएर राष्ट्रिय सम्पत्ति जोगाउन र भावी नेतृत्वका लागि दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार