सुनकोशी गाउँपालिकामा गृहणी महिला सशक्तीकरण कार्यक्रमको समापन
१६ मङ्सिर २०८१, आईतबार ०६:३१ मा प्रकाशित
सन्चारकर्मी सुर्य राय
सिन्धुली, मंसिर १६ – सुनकोशी गाउँपालिकाले गृहणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत दुई महिने व्युटिसियन तालिम र सिलाई कटाई कार्यक्रमको समापन सम्पन्न गरेको छ। कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय लेखनाथ दाहाल राजन ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष श्री कपिल कुमार कोइराला र गाउँपालिकाका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्यूलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महिलाहरूलाई व्यवसायिक बनाउने उद्देश्य राखी, गाउँपालिकाले विभिन्न तालिम प्रदान गर्ने प्रक्रियाबारे जानकारी गराइएको थियो।
माननीय लेखनाथ दाहाल राजन ज्यूले महिलाहरूको सशक्तीकरणका लागि यस प्रकारका तालिमहरूको महत्वको चर्चा गर्दै, यसले महिलाहरुलाई आत्मनिर्भर बनाउने र उनीहरूको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने अवसर प्रदान गर्ने बताए।
समारोहमा श्री कपिल कुमार कोइराला र श्री दिपा वोहोरा दाहाल ज्यूले पनि महिला सशक्तीकरणका लागि गाउँपालिकाको निरन्तर प्रयास र योजनाहरूका बारेमा बोलेका थिए।
यस कार्यक्रम अन्तर्गत महिलाहरुलाई व्युटिसियन र सिलाई कटाईका सीप र तालिम प्रदान गरिएको थियो, जसले भविष्यमा उनीहरूको व्यक्तिगत र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ