काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै जेनजी आन्दोलनका शहीद परिवारसँग भेटघाटका लागि बबरमहल पुगेका छन्।
लामिछाने जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहलमा पुगेर जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्। भेटका क्रममा उनले शहीदहरूको योगदान स्मरण गर्दै उनीहरूको बलिदान लोकतान्त्रिक आन्दोलनका लागि प्रेरणादायी रहेको बताए।
उनले शहीद परिवारका समस्या, पीडा र अपेक्षाबारे जानकारी लिँदै राज्यले शहीद परिवारप्रति थप संवेदनशील र जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए। शहीद परिवारको सम्मान र संरक्षण लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै त्यसका लागि आफू निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
जेनजी शहीद परिवार कल्याणकारी संस्थाले लामिछानेको उपस्थितिलाई सकारात्मक रूपमा लिँदै शहीद परिवारप्रतिको चासो र सम्मानका लागि धन्यवाद व्यक्त गरेको छ।
आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क