दुर्गा प्रसाईँलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश

काठमाण्डू जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साइबर अपराधसम्बन्धी आरोपमा मुद्दा दायर भएका प्रसाईँलाई न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।


श्रेष्तेदार रामु शर्माका अनुसार, बुधवार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो। उक्त ऐनमा यस्ता अपराधको दोषीलाई ५ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ। तर, प्रसाईँमाथि यसअघि पनि यस्तै आरोप लागेको भन्दै अभियोजन पक्षले डेढी सजाय अर्थात् जम्मा ७.५ वर्षको सजाय माग गरेको थियो।


यस प्रकरणले सामाजिक सञ्जालको दुरुपयोग र साइबर अपराधसम्बन्धी कानूनी व्यवस्थाको विषयमा पुनः बहस सुरु गराएको छ। प्रसाईँमाथि लागेको आरोपबारे विस्तृत अनुसन्धान र अदालती प्रक्रिया अझै जारी छ।

प्रतिक्रिया