काठमाडौँ, अामा दर्शन न्युज — बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अर्का अभियुक्त छविराज पन्थीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीहरूको थुनालाई गैरन्यायिक नभएको ठहर गरेको हो।
लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको रिटमार्फत ‘गैरकानूनी रूपमा थुनामा राखिएको’ दाबी गरिएको थियो। तर सर्वोच्चले उक्त दाबी अस्वीकार गर्दै प्रहरी अनुसन्धानको प्रकृया कानूनसम्मत भएको उल्लेख गरेको छ।
सुनुवाइ सकिएपछि अदालतले आदेश लेखनका लागि केही समय ढोका बन्द राखेको थियो। आदेश सार्वजनिक भएसँगै लामिछाने र पन्थीलाई थप अनुसन्धानका लागि थुनामा नै राख्न बाटो खुलेको छ।
यस फैसलापछि लामिछाने समर्थकहरू सर्वोच्च परिसरमा निराश देखिए। यस घटनाले रास्वपाको नेतृत्वमा राजनीतिक असर पर्ने सम्भावना पनि देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता