काठमाडौं, — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमार्फत् “अलिक बाङ्गो बन्न” सुझाव दिएका छन्।
साम्पाङले बिहीबार फेसबुकमा लेख्दै भने, “बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्।”
उनको यो टिप्पणी काठमाडौं महानगरपालिकाको प्रशासनिक विवादसँग जोडिएको छ। बिहीबार महानगरपालिकाको कार्यालय परिसरमा उत्पन्न तनावका कारण सरकारी प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रवेश रोक्ने पक्षमा मेयर बालेन शाह देखिएका थिए। उनले सुरक्षा टोलीलाई गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन निर्देशन दिएका थिए।
तर, उपप्रमुख सुनिता डंगोलसहितका अन्य जनप्रतिनिधि र कर्मचारीहरूको पहलमा गुरागाईंलाई कार्यालय प्रवेश गराएर हाजिर गराइएको थियो। यस घटनापछि हर्क साम्पाङले बालेन शाहलाई उक्त सुझाव दिएका हुन्।
यस विषयमा मेयर शाहले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता