राष्ट्रपति पौडेलद्वारा महानवमीको अवसरमा नवकन्या पूजा


काठमाडौं, – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडादसैँअन्तर्गत महानवमीका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा परम्परागत नवकन्या पूजा सम्पन्न गरेका छन्।


सो अवसरमा राष्ट्रपति पौडेलले नौ कन्याको गोडा धोई, टीका लगाई र उपहार प्रदान गरेका थिए। नक्सालस्थित बालमन्दिरबाट ल्याइएका ती कन्याहरूलाई दुर्गाभगवतीका नौ रूपको प्रतिनिधि मानिने परम्परा रहिआएको छ।


महानवमीका दिन राष्ट्रप्रमुखद्वारा नवकन्या पूजा गर्ने परम्परा रहेको छ। कन्याहरूलाई देवी दुर्गाका नौ रूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री—को प्रतिरूपका रूपमा पूजिन्छ।


राष्ट्रपति पौडेलले यस वर्ष पनि उक्त धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएका हुन्।


प्रतिक्रिया