रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले बुधबार उनलाई मन्त्री नियुक्त गरेको हो।


शिक्षामन्त्री विद्या भट्टराईले गत ८ वैशाखमा राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको नेतृत्व अब पन्तले सम्हाल्ने भएका छन्। पार्टीको तर्फबाट योग्य र अनुभवी नेताका रूपमा उनलाई मन्त्री बनाउने निर्णय भएको स्रोतले जनाएको छ।

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका पन्तलाई शिक्षा क्षेत्रको सुधार र नीतिगत सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शपथ समारोह राष्ट्रपति भवनमा सम्पन्न भएको छ।


थप विवरण आउँदैछ।

प्रतिक्रिया