कमलामाई नगरपालिका वडा नं. ६, बालमैत्री वडा घोषणा

कमलामाई नगरपालिका वडा नं. ६ ले ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी" नाराका साथ बालमैत्री वडा घोषणा गरेको छ। 

वडा अध्यक्ष श्री उज्ज्वल कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद माननीय श्री श्याम कुमार घिमिरे प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री कार्साङ लामा, कमलामाई नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख, विद्यालयका शिक्षक, विद्यार्थी, पत्रकार र सरोकारवालाहरूको उपस्थिति थियो। 


बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ का सबै मापदण्डहरू पूरा गर्दै वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गरिएको हो।

प्रतिक्रिया