काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसद् बैठकमा सम्बोधन गर्दै गर्दा स्वास्थ्य असजिलो महसुस गरेपछि कुर्सीमा बसेर आफ्नो सम्बोधन पूरा गरेका छन्।
संसद् बैठकमा आफ्ना भनाइ राख्ने क्रममा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि संसद् सचिवालयलाई कुर्सीको व्यवस्था गर्न निर्देशन दिइएको थियो। कुर्सीमा बसेपछि उनले बाँकी सम्बोधन पूरा गरेका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएको छैन, तर उनी लामो समयदेखि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्। बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
संसद् बैठकको यो दृश्यले सबैको ध्यान आकर्षित गरेको छ भने उक्त क्षणका तस्बिरहरू सामाजिक सञ्जालमा छरिएका छन्।
५ फाल्गुण २०८१, सोमबार ०२:३८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता