धितोपत्र बोर्ड अध्यक्ष छनौट
प्रक्रियाको अन्तिम पाँचमा परेका सन्तोष नारायण श्रेष्ठले हालेको रिटमा सर्वोच्च
अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश
अब्दुल अजिज मुसलमानको इजलासले सो अन्तरिम आदेश गरेको हो।
यस अघि धितोपत्र बोर्ड अध्यक्ष छनौट
समितिले सर्ट लिस्टमा परेका पाँच मध्ये तीन जना उपस्थित नभएको भन्दै सम्पूर्ण
प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो। सोही प्रक्रिया रद्द गरेको भन्दै
अन्तिम पाँचमा परेका सन्तोष नारायण श्रेष्ठले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि
गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। सोही रिटमाथि
मंगलबार सुनवाइ भएको थियो। जसमा तत्कालको लागि प्रक्रिया रद्द नगर्न सर्वोच्चले
आदेश दिएको छ। सर्वोच्चले मुद्दाका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र अन्तरिम
आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।
यता सरकारले भने सोमबार नै अध्यक्ष
नियुक्तिको लागि पुरानै छनौट समितिलाई निरन्तरता दिने निर्णय गरेको थियो। मंगलबार
भएको आदेश अनुसार अब सर्वोच्चको अन्तिम निर्णय नआएसम्म नयाँ प्रक्रियाले निरन्तरता
पाउने छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin