मन्त्री पुनको निर्देशन: पाठ्यपुस्तकमा नैतिक, व्यवहारिक शिक्षा र संविधान ज्ञानलाई प्राथमिकता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालयका पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्री पुनका अनुसार शिक्षाको मुख्य उद्देश्य केवल परीक्षा उतीर्ण गर्नका लागि ज्ञान प्रदान गर्नु मात्र नभई सदाचार, व्यवहारिकता र नागरिक उत्तरदायित्वबोध गराउने शिक्षा प्रणाली विकास गर्नु हो।

उहाँले विद्यालय स्तरमै विद्यार्थीमा देशप्रेम, ईमानदारी, सामाजिक उत्तरदायित्व र संविधानबारे बोध गराउने विषयहरू समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।


अहिले विभिन्न संस्था–संगठनहरूले ‘Moral Education’ को नारासहित विद्यार्थी र समुदायमा सचेतना फैलाउने प्रयास गर्दै आएका छन्। तर, २०० भन्दा बढी विदेशी नेतृत्व भएका NGO/INGO, केही धार्मिक संस्था र नेपाली स्थानीय क्लबहरूले Moral Education को नाममा विद्यार्थीलाई पढाएर आर्थिक लाभ उठाउने अनैतिक अभ्यास गरिरहेका छन्। उहाँले यसप्रकारको कार्य रोक्न कडा निर्देशन दिनुभएको छ र अब व्यावसायिक उद्देश्यका लागि Moral Education बाट पैसा उठाउने काम बन्द हुने भएको छ।

मन्त्री पुनले हाल शिक्षामा भइरहेको सुधार प्रयासहरूलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको पनि बताउनुभयो।

प्रतिक्रिया