संसदमा रातो किताबमाथि छलफल, तर १५ सांसद मात्र कुर्सीमा – आन्दोलनमा सहभागी १७ सांसद भुइँमा



काठमाडौं — प्रतिनिधिसभामा आजको बैठकमा रातो किताब (वार्षिक लेखापरीक्षण प्रतिवेदन) माथि छलफल भइरहेको छ। तर, यस्तो महत्त्वपूर्ण छलफलमा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। संसदको कुर्सीमा जम्मा १५ जना सांसद मात्र उपस्थित रहे भने भुइँमा बसेर आन्दोलनरत सांसदको संख्या १७ पुगेको छ।


आन्दोलनरत सांसदहरूले सरकारी उदासीनता र जनताको करदाताको पैसामा प्रश्न उठाउने मुख्य प्रतिवेदनमाथि सरकार र प्रमुख दलहरूको बेवास्ता भएको आरोप लगाएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदले भने,


“जनताले जुन आशाले हामीलाई संसदमा पठाएका छन्, त्यसको मूल्य नबुझ्नेहरूको संख्या कुर्सीमा बसेका १५ सांसदमा देखिएको छ। हामी १७ जना आन्दोलनरत सांसद भुइँमा छौं – सत्यका पक्षमा, जनताको आवाजका पक्षमा।”


दुई तिहाइ सरकारको लापरबाही?


वर्तमानमा संसदमा दुई तिहाइ बहुमत प्राप्त सरकार छ। तर, नैतिक उपस्थिति र जिम्मेवारीको भावना कमजोर हुँदै गएको भन्दै विपक्षी तथा स्वतन्त्र धारका सांसदहरूले आक्रोश व्यक्त गरेका छन्।


संसदको मर्यादा, जिम्मेवारी र पारदर्शिताका विषयमा गम्भीर प्रश्न उठिरहेका बेला जनप्रतिनिधिहरूकै गैरजिम्मेवारीपूर्ण व्यवहारले संसदप्रति जनविश्वास घटाउने खतरा रहेको प्रष्ट देखिन्छ।



Aama Darshan News 

प्रतिक्रिया