काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।
पेरिसडाँडामा आइतबार (असोज ५) बसेको पदाधिकारी बैठकले आगामी कार्यक्रमका बारेमा विस्तृत छलफल गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, “कार्यक्रमबारे विस्तृत प्रस्ताव केन्द्रीय समितिमा लैजान निष्कर्ष निकालेको छ । देशभक्त, लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समिति बैठक असोज ९ गते बस्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । घोषित मितिमा नै निर्वाचन गर्नुपर्ने माओवादीले निष्कर्ष निकालेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार