सिन्धुलीका चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, फरक-फरक प्यानल विजयी

सिन्धुली – सिन्धुलीका चार क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ। विभिन्न कारणले चैत ५ गते रोकिएको निर्वाचन चैत ९ गते सम्पन्न भएको हो।


सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको विजय


सिन्धुलीको प्रतिष्ठित सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तुलसीराम भुजेल अध्यक्षमा निर्वाचित भएका छन्। उनले २८७ मत प्राप्त गर्दै जित हासिल गरे।


अध्यक्ष पदका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। नेविसंघका समीर विक्रम थापाले २२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार विनोद कुमार कार्कीले १४७ मत पाए।


सचिव पदमा अखिल (क्रान्तिकारी) का विष्णु पाण्डे ३४३ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी नेविसंघका केशव घिमिरेले २९८ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) की विमला सिदाली ३३० मतसहित विजयी भइन् भने नेविसंघकी सिजन श्रेष्ठले २९७ मत प्राप्त गरिन्।


सिद्धज्योति शिक्षा क्याम्पसमा नेविसंघको प्यानल विजयी


सिद्धज्योति शिक्षा क्याम्पस, फोस्रेटारमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ। अध्यक्ष पदमा मिलन भुजेल ११४ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी मञ्जु राना मगर (अनेरास्ववियु-अखिल क्रान्तिकारीको साझा उम्मेदवार) ले ६३ मत प्राप्त गरिन्।


सचिव पदमा नेविसंघका मनोज श्रेष्ठ १०६ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी सिजन मगरले ७८ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा नेविसंघकी नविना आचार्य ९५ मत प्राप्त गर्दै विजयी भइन्। गठबन्धनकी तारा सुनुवारले ८९ मत पाइन्।


गौमती बहुमुखी क्याम्पसमा नेविसंघको जित


गौमती बहुमुखी क्याम्पस, माढीबजारमा अध्यक्ष पदमा नेविसंघका विकास तामाङ १२५ मतसहित विजयी भए। उनले अनेरास्ववियु-अखिल क्रान्तिकारीका साझा उम्मेदवार मुकेश दाहाललाई ५ मतले पराजित गरे। दाहालले १२० मत प्राप्त गरे।


सचिवमा नेविसंघका धिरज जयसवाल चौधरी १५९ मत प्राप्त गर्दै विजयी भए भने अनेरास्ववियु-अखिल (क्रान्तिकारी) का साझा उम्मेदवार अनिता पाख्रिनले ११६ मत प्राप्त गरिन्। कोषाध्यक्षमा अनेरास्ववियु-अखिल (क्रान्तिकारी) की यशोदा राना मगर विजयी भइन्। उनले १४६ मत प्राप्त गर्दा नेविसंघकी मनिषा चौलागाईंले १२९ मत पाइन्।

स्ववियु निर्वाचनको यो परिणाम विद्यार्थी राजनीति र क्याम्पस व्यवस्थापनमा नयाँ दिशा तय गर्ने विश्वास गरिएको छ।


Aama Darshan News)

प्रतिक्रिया