पोखरा, फागुन २६ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासतमा रहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डाक्टर निकोलश भुसाललाई कास्की जिल्ला अदालतले सफाइ दिएको छ।
जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले प्रमाण अभावका कारण भुसाललाई सफाइ दिने निर्णय गरेको हो। उनीविरुद्ध विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। २०७८ माघ १० गते जिल्ला प्रहरी कार्यालय कास्कीमार्फत सरकारी वकिलले मुद्दा दायर गरेका थिए।
डाक्टर भुसालको तर्फबाट अधिवक्ता विमल प्रसाद लामिछानेले बहस गरेका थिए। यसअघि भुसालले रवि लामिछानेको हिरासतको तस्वीर आफूले सार्वजनिक गरेको स्वीकार्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए।
यस प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रहरी प्रशासनको कमजोरी औंल्याउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका थिए। तर, अदालतले प्रमाण अभावका कारण भुसाललाई सफाइ दिएपछि यो मुद्दा टुंगिएको छ।
– Aama Darshan News
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता