राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज शीतल निवासमा भेटवार्ता भएको छ। भेटवार्तामा मुलुकको समसामयिक विषयहरूबारे छलफल भएको जनाइएको छ।


सरकारी स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक स्थिरता, आर्थिक स्थिति, सुशासन, तथा हालैका राष्ट्रिय घटनाक्रमबारे छलफल भएको बताइएको छ। मुलुकको आर्थिक स्थिति सुधार, सरकारको प्राथमिकता, तथा विकास निर्माणका विषयमा पनि कुराकानी भएको बुझिएको छ।


यस भेटलाई सरकार र राष्ट्रपतिको समन्वयलाई मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलहरूबीचको सम्बन्ध, कानूनी सुधार तथा राष्ट्रिय मुद्दाहरू चर्चाको केन्द्रमा रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटलाई विशेष महत्त्वका साथ हेरिएको छ।

आमा दर्शन न्यूज | काठमाडौं

प्रतिक्रिया