१५६ यात्रु बोकेको विमान फुकेटमै फर्केर अवतरण, प्रारम्भिक जाँचमा विस्फोटक फेला नपरेको पुष्टि
फुकेट, थाईल्याण्ड | आमा दर्शन न्युज
थाईल्याण्डको फुकेटबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको फ्लाइट AI 379 मा बम विस्फोटको धम्कीपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ। १५६ यात्रु बोकेको विमान अण्डमान समुद्र माथि घुमाएर पुनः फुकेट विमानस्थलमा अवतरण गरिएको हो।
थाइ विमानस्थलका अनुसार विमानभित्र बमको धम्की लेखिएको नोट भेटिएको थियो। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै विमानलाई अवतरण गराई आपतकालीन प्रोटोकल अन्तर्गत सबै यात्रुहरूलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ।
प्रारम्भिक खोजीमा कुनै पनि विस्फोटक पदार्थ फेला परेको छैन, तर धम्की नोट लेखिएको यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएको छ।
विमान स्थानीय समयअनुसार बिहान ९:३० बजे उडेकाे र दिउँसो १२:४० बजे दिल्लीमा अवतरण गर्ने तालिका रहेको थियो।
⚠️ पछिल्लो २४ घण्टामा दोस्रो आपतकालीन घटना
यो घटना एयर इन्डियाकै अर्को विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको २४ घण्टाभित्रै भएको हो। उक्त दुर्घटनामा हालसम्म कम्तीमा २९० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मृतकमध्ये यात्रुहरू, नाबालकहरू, स्थानीय बासिन्दाहरू तथा BJ मेडिकल कलेज र होस्टेलभित्र रहेका विद्यार्थीहरू रहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता