जोमसोम—हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक संञ्जालले जोडिएको छ ।शनिबार मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सीमानामा ट्याक्टर पू¥याएपछि मुस्ताङ र डोल्पा सडकको ट्याक ओपन भएको हो ।
सरकारले गण्डकी प्रदेशको मनाङ—मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा—मुगु जोड्ने रणनीतिक महत्वको सडक अन्र्तगत २०७५÷०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो ।मुस्ताङ—डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्याक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए । मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले अख्तियारी प्राप्त गरेको थियो । सडकका लागि २० करोड लगानी भईसकेको छ ।
६ महिना अघि मुस्ताङ—डोल्पा सडकको ४६ दशमलव ५ किलोमिटर सडकको ट्याक ओपन भईसकेकोमा त्यसयता करिव १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ—डोल्पा सडकको ट्याक ओपन गरिएको हो ।गत वर्ष नयाँ ट्याक ओपन गर्न मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्ष नयाँ ट्याक खोल्न मन्त्रालयले २ करोड बजेट छुट्याएको थियो । मुस्ताङ—डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्याक ओपन गर्नका लागि सिखा ईन्जिनीयरिङ र पम्फा जेभी कन्टक्सनले जिम्मा पाएका थिए ।
उता उपल्लो डोल्पाको छार्का ताङसुङ गाउँपालिकाले मुस्ताङतर्फ जोड्न सडक ट्याक खोल्ने काम गरेको थियो । मुस्ताङ—डोल्पाको सामुहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक संञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । डोल्पाबाट मुस्ताङतर्फ सडक ट्याक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गरेका थिए । यता सडक डिभिजन कार्यालयले सडक निर्माणको कामलाई अघि बढाएको वडाध्यक्ष गुरुङको भनाई छ ।
मुस्ताङ —डोल्पा सडक ट्याक एकआपसमा जोडिएसंगै दुबै सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र स्थानीयबासी खुसी भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । मुस्ताङ र डोल्पाको सीमाना सेटाङथाङसम्म दुबैतीरका ट्याक्टरहरु मालसमान ढुवानी गरी गन्तब्यमा पुगेको छन् । शनिबार सडक सडक संञ्जालले जोडिएपछि उपल्लो डोल्पा स्थित छार्का ताङसुङका वडाध्यक्ष धवालवाङ गुरुङले निर्माण कम्पनीका उपकरण अपरेटर ,मुस्ताङका प्रतिनिधि र डोल्पा स्थित छार्का ताङसुङको अध्यक्ष सेनाङ गुरुङलाई अविरसहित खाँदा लगाएर सम्मान गरेका थिए ।
मुस्ताङ—डोल्पा सडक समुन्द्री सतहको ४५ सय मिटरको अग्लो उचाई माथिबाट सडक विस्तार गरिएको हो । हिमाली क्षेत्रका ४ जिल्लाका बासिन्दालाई यातायातको सुविधा,मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न निकै ठुलो सहज हुने वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे । सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई मुस्ताङ आएर मालसामान ढुवानी गर्न हप्तौदिन लाग्थ्यो ।
सडक विस्तारसंगै अब एकैदिन डोल्पा आउजाउ गर्न सकिने छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले उल्लेख गरे । उनले उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम दुनै भन्दा नजिकको दुरी मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न नजिक पर्ने अध्यक्ष गुरुङले बताए ।
तस्विर : सुरेन्द्र गुरुङ