काठमाडौं । आगामी असोज १ गतेदेखि नेपालभरका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे तथा ठूला सवारीसाधनमा दर्ता, नामसारी वा नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने जनाएको हो।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार, यसअघि सरकारी सवारीसाधनमा मात्र अनिवार्य गरिएको प्रणालीलाई अब सबै प्रदेश हुँदै सर्वसाधारण सवारीसाधनमा कार्यान्वयनमा ल्याउन लागिएको हो।
सवारीसाधनको व्यवस्थापनलाई सुव्यवस्थित गर्ने उद्देश्यले सरकारले यो निर्णय गरेको बताइए पनि सर्वसाधारण भने यो कदमप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूको भनाइमा, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दा खर्चिलो र झन्झटिलो प्रक्रिया थपिने छ।
यातायात व्यवस्था विभागले भने यातायात प्रणालीलाई आधुनिक र सुरक्षित बनाउन इम्बोस्ड नम्बर प्लेट प्रभावकारी हुने दाबी गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता