काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मौन तर प्रतीकात्मक विरोध जनाएका छन्।
लामो समयपछि सामाजिक सञ्जालमा सक्रिय भएका लामिछानेले फेसबुक लाइभमार्फत आफ्नो असन्तुष्टि प्रकट गरेका छन्। लाइभ प्रसारणमा उनले कुनै शब्द नबोली कोठाको बत्ती निभाएर मैनबत्ती बाल्दै केही समय मौन बसे। लामिछानेले प्रत्यक्ष रूपमा कुनै टिप्पणी नगरे पनि उनको क्रियाकलापबाट सरकारको निर्णयप्रति असहमति प्रस्ट देखिन्छ।
१० चैत २०८१, सोमबार ११:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय