जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब नाघ्यो


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड तथा क्षतिको बीमा दाबी हालसम्म २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म करिब ३ हजारभन्दा बढी बीमा दाबी आवेदन दर्ता भएका छन्।

प्राधिकरणले जनाएको अनुसार सम्पत्ति, मोटर, इञ्जिनियरिङ, ठेक्का जोखिम, परिवहन र अन्य बीमा क्षेत्रमार्फत दाबी पेश गरिएको हो। आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठान, पसल, उद्योग, सवारीसाधन, निर्माणाधीन परियोजना र अन्य सम्पत्तिहरूमा ठूलो क्षति पुगेको थियो।

बीमा प्राधिकरणका अधिकारीहरूले दाबीहरूको मूल्यांकन प्रक्रिया जारी रहेको र दाबी रकम उच्च भएकाले बीमा कम्पनीहरूको दायित्व पनि बढ्ने देखिएको बताएका छन्।

आन्दोलनका कारण व्यापक जनधनको क्षति भएपछि बीमा क्षेत्रसमेत दबाबमा परेको देखिएको छ।

प्रतिक्रिया