काठमाडौं, मंसिर २२ – भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले शुक्रबार बिहान काठमाडौंको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल स्वयम्भूनाथ स्तूपको दर्शन गर्नुभएको छ।
राजा वाङचुकले स्तूप परिसरमा प्रार्थना गर्दै सांस्कृतिक र धार्मिक महत्त्वको अवलोकन गर्नुभएको हो। उहाँलाई स्वागत गर्नका लागि स्थानीय धार्मिक गुरु तथा सम्बद्ध अधिकारीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा राजा वाङचुकले नेपालको सांस्कृतिक र धार्मिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै यसको संरक्षणमा योगदान पुर्याउन सबैलाई प्रेरणा दिनुभएको बताइएको छ।
राजाको यस भ्रमणले नेपाल र भुटानबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
२१ मङ्सिर २०८१, शुक्रबार ०१:४१ मा प्रकाशित