उपसभामुख विरुद्ध संविधानको धारा ९६(६ग) प्रयोगको प्रयासः लोकतन्त्र र संवैधानिकता माथि गम्भीर प्रश्न

काठमाडौं - उपसभामुख विरुद्ध संविधानको धारा ९६(६ग) को प्रयोग गर्दै शत्ताधारी दलले राजनीतिक र संवैधानिक संरचनामा ठूलो धक्का पुर्याउने प्रयास गरिरहेको आरोप सार्वजनिक भएको छ। यो कदमले नेपालको लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने मात्र नभई, शत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायहरूमा आफ्ना कार्यकर्ताहरू भर्ति गर्ने योजना रहेको आशंका व्यक्त गरिएको छ।

यस सन्दर्भमा, संसदमा उठेका प्रश्नहरूको महत्वलाई नजरअन्दाज गर्दै, प्रमुख दलहरूको आन्तरिक राजनीतिक स्वार्थले संविधानको मौलिक मर्मलाई तोड्न खोजिएको देखिन्छ। समाजसेवी तथा परोपकारी व्यक्तिहरूको शालिन पृष्ठभूमि भएका व्यक्ति माथि यस्तो राजनीतिक दाउपेच कति न्यायसंगत हो भन्ने प्रश्न उठेको छ।

यस विषयमा दिवंगत नेता प्रदीप गिरिको भनाइ सम्झँदै कतिपय नेताहरूले भनेका छन्, “यो देशमा शत्ता हस्तान्तरण भइरहेको छ, तर शत्ता रुपान्तरण हुन सकेको छैन।” यो भनाइ अहिलेको राजनीतिक परिवेशमा झन् सान्दर्भिक देखिएको छ, जहाँ विभिन्न संवैधानिक निकायहरूमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस विषयमा कडा प्रतिक्रिया दिँदै भनेको छ, “संविधानको हुर्मत लिएर शत्ताको गलत प्रयोग गरिएमा, पार्टी चुप लागेर बस्न सक्दैन। यो कदमले विनाश निम्त्याउनेछ।”

यो घटनाले नेपालको राजनीतिक स्थिरता र संवैधानिक नैतिकतामा थप गम्भीर प्रश्न खडा गरेको छ, जसको प्रभाव आगामी दिनहरूमा देखिने अपेक्षा गरिएको छ। (Video)




प्रतिक्रिया