सिन्धुली — सिन्धुलीको सुनकोसी गाउँपालिका–६, भालुखोला मरिन डाइभर्सन नजिक काठमाडौंबाट आएको गाडी सोमबार दिउँसो सुनकोसी नदीमा खस्दा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम छ।
घाइतेहरूको नामावली यसप्रकार छ:
• मालती खुलाल (२०), गोलन्जोर–४ — छाती र ढाँडमा चोट (अवस्था सामान्य)
• भोज बहादुर थापा मगर (१७) — निधार, आँखा र टाउकोमा चोट (मध्यम)
• प्रेम मगर (२३) — टाउकोमा गम्भीर चोट (गम्भीर)
• जम्पा खुलाल मगर (२२) — निधारमा चोट (सामान्य)
• सुसन मगर (११) — निधारमा चोट (मध्यम)
• केदार थापा मगर — छातीमा चोट (मध्यम)
• रोजिना थापा मगर (२०) — छातीमा चोट (मध्यम)
• ज्ञानेन्द्र मगर (२२) — टाउको र छातीमा चोट (सामान्य)
• तारा बहादुर खुलाल (३५) — नाक, कम्मर र छातीमा चोट (मध्यम)
• नितेश मगर (८) — सामान्य चोट (सामान्य)
• रोश्मी मगर (२२) — सामान्य चोट (सामान्य)
• ओम आले मगर (२५) — छाती र ढाँडमा चोट (सामान्य)
• ओम बहादुर राना (२६, चालक) — दुबै खुट्टाको घुँडामा चोट (सामान्य)
सिन्धुली प्रहरीले जनाएअनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली खटिनुका साथै सशस्त्र प्रहरीका गोताखोर टोलीले समेत खोज तथा उद्धार कार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार