काठमाडौं, सोमबार राति (बालुवाटार):
सोमबार मध्यराति प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक उच्चस्तरीय बैठक बसेको स्रोतले जनाएको छ। बैठकमा चारै सुरक्षा निकायका प्रमुखहरू तथा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए।
बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध कानुनी कारबाही अघि बढाउँदा सम्भावित राजनीतिक तथा सुरक्षा जोखिमका विषयमा गम्भीर छलफल भएको बताइन्छ।
स्रोतका अनुसार, कारबाही प्रक्रिया तत्काल अघि बढाए हालै सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका र राजनीतिक स्थायित्वमा असर पर्न सक्ने मूल्याङ्कन गरिएको थियो। त्यसैले, बैठकले आगामी कदमहरूमा सावधानीपूर्वक र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने रणनीति बनाएको बताइएको छ।
बैठकबारे आधिकारिक वक्तव्य सार्वजनिक नगरिए पनि राजनीतिक वृत्तमा यस घटनालाई महत्वपूर्ण शक्ति–सन्तुलनका संकेतका रूपमा हेरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता