नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक मात्र बन्न पाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो प्रस्ताव आफूले राखेको र केन्द्रीय समितिले भोलि पारित गर्ने सम्भावना रहेको जानकारी दिनुभयो।
महामन्त्री शर्माले केन्द्रीय समितिबाट यो प्रस्ताव पारित भएपछि, यो कांग्रेसको आधिकारिक दृष्टिकोण बन्ने र भविष्यमा अन्य राजनीतिक दलहरूलाई पनि प्रभाव पार्न सक्ने बताउनुभयो। उहाँका अनुसार, यो प्रस्ताव तत्काल पारित नभएमा संविधान संशोधनको समय उचित छलफल गरी अघि बढाइनेछ।
शर्माले सधैं उही अनुहारको प्रधानमन्त्री हुने प्रचलनले नयाँ नेतृत्वको आगमनलाई बाधा पुर्याउने र यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भने, “प्रधानमन्त्री जतिसुकै लोकप्रिय भए पनि, दुई पटक पछि तेस्रो पटक बन्ने अवसर कसैले पाउनु हुँदैन।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता