जोमसोम—हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारण लाईन विस्तार कार्य सुरु गरिएको छ ।नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण लाईन विस्तारको काम अघि बढाएको हो ।
मुस्ताङको कोवाङदेखि उपल्लो मुस्ताङसम्म अहिले ११ केभी प्रशारणलाईन संञ्चालनमा छ ।नेपाल विद्युत प्राधिकरणको मापदण्डमा एक सवस्टेशनबाट अर्को सवस्टेशनसम्म बढीमा ५० किमी भन्दा माथि हुनु हुँदैन भन्ने छ । तर,हाल कोवाङदेखि माथि उपल्लो मुस्ताङसम्म करिव १५० किमी भन्दा बढी दुरीमा ११ केभी प्रयोगमा छ । जसका कारण विद्युत भोल्टेज तलमाथि हुने,हुँदा चारैतीर विद्युत समस्या उत्पन्न हुने गर्छ । हालको ११ केभी प्रशारण लाईनबाट जिल्लामा पटक÷पटक विद्युतीय समस्या उत्पन्नले मुस्ताङबासीले चरम विद्युत समस्या भोग्न बाध्य छन् ।यीनै ११ केभी विद्युतीय समस्यालाई समाधान गरी दिघएकालिन रुपमा विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले ३३ केभी प्रशारण लाईन विस्तारको काम अघि बढाएको प्राधिकरणका ईन्जिनीयर विमलराज रावतले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले ११ केभी प्रशारण लाईनलाई विस्थापित गरी मुस्ताङको चैले र चराङमा दुई वटा अलग÷अलग सवस्टेन निर्माण गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले गत कार्तिक २ गते ठेक्का आह्वान गरेको हो । यसको अन्तिम म्याद मंसिर २६ गते भोली फाईनल हुँने र त्यसपछि आवेदन परेका कम्पनीको कार्यदक्षताको भेरीफाई गरी निर्णयमा पुग्ने प्राधिकरणका ईन्जिनीय रावतको भनाई छ । प्राधिकरणले सबस्टेशनको कुल लागत गोप्य राखेको र ठेक्का सम्झौता भएपछि पाउँने कम्पनी र ठेक्का लागत सार्वजनिक हुँने प्राधिकरणका ईन्जिनीयर रावतको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणले ३३ केभी सबस्टेशनको ठेक्का आह्वान अघि ३३ केभी प्रशारणका लागि सन् २०२३ को जुलाई ६ तारिखमा ठेक्का आह्वान गरेको थियो । प्राधिकरणले कोवाङदेखि चैलेसम्मको १०३ किमी दुरीको विद्युत प्रशारण लाईन विस्तार गर्न २७ करोड ६५ लाख लागतमा प्याराडाईज विल्डर्स काठमान्डौंसंग ठेक्का सम्झोता गरेको प्याराडाईज विल्डर्सका प्रवन्ध निर्देशक किरण दाहालले जानकारी दिए । उनका अनुसार प्राधिकरणसंग सम्झौता अनुसार २ वर्ष भित्र सक्ने गरी सम्झौता भएको हो । यसका लागि कम्पनीले मंसिरको पहिलो सातादेखि मुस्ताङको ताङ्वेदेखि माथिल्लो क्षेत्रमा विद्युत पोल गाड्ने र पोलको ६ फिट गहिराईमा पिसिसी खन्ने काम सुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक दाहालले बताए ।
यता, प्याराडाईज विल्डर्सका ईलेक्ट्रिकल ईन्जिनीयर सन्तोष प्याकुरेलसहितको करिव १५ जना जनशक्ति विद्युत पोल विस्तार र प्रशारण लाईनको तार जोड्ने काममा खटिएका छन् । हिउँदयामको प्रतिकुल मौसममा समेत मुस्ताङमा ३३ केभी प्रशारण लाईनका लागि पोल गाड्ने र तार तान्ने काम सुरु भईसकेका कम्पनीका ईलेक्ट्रिकल ईन्जिनीयर प्याकुरेलले जानकारी दिए । अहिले पहिलो चरणमा कोवाङदेखि चैले सम्म र दोश्रो चरणमा चैलेदेखि चराङसम्मको दुरीमा ३३ केभी प्रशारण लाईन विस्तारको काम अघि बढाउने कम्पनीका ईन्जिनीयर प्याकुरेलको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणसंग ठेक्का सम्झौता अनुसार ३३ केभी प्रशारण लाईन विस्तार अन्तर्गत कोवाङदेखि चराङसम्मको १०३ किमी दुरीको ३३ केभी सबस्टेशनसम्म कुल २ हजार २६५ वटा पोल राखिने र त्यसमा ३१५ किमी लामो तार जडान गर्ने योजना रहेको छ । हाल म्याग्दी हुँदै मुस्ताङको कोवाङसम्म ३३ केभी प्रशारण लाईन संञ्चालनमा छ ।
मुस्ताङमा ३३ केभी सवस्टेशन निर्माणका लागि चैले र चराङमा जग्गा छनौट भईसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले मुस्ताङमा ३३ केभी सवस्टेशनका लागि अहोरात्र निरन्तर पहल गरेको र नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङमा ३३ केभी प्रशारणलाईनको आवश्यकता देखेर निर्माणको काम अघि बढाएको अध्यक्ष बिष्टको भनाई छ । उनले ३३ केभी प्रशारण लाईन तथा सवस्टेशन निर्माणपछि मुस्ताङले सदिंयौंदेखि झल्दै आईरहेको विद्युत समस्याको अन्त्य हुँने दावी गरे ।

नेपाल विद्युत प्राधिकरणले नेपाल—चीन उत्तरी कोरलानाकासम्म भरपर्दो विद्युत सेवा पू¥याई निकट भविष्यमा संञ्चालन हुँने उत्तर÷दक्षिण व्यापारिक मार्गलाई टेवा पू¥याउन ३३ केभी सटस्टेशन तथा प्रशारण लाईन विस्तारलाई उच्चप्राथमिकतामा राखेको बुझिन्छ । मुस्ताङको टुकुचेमा थापाखोला हाईड्रो पावर कम्पनीले १३ दशमलव ६ मेघावार्टको विद्युत उत्पादन गरेपनि ३३ केभी सवस्टेशन नहुँदा त्यसको प्रयोग गर्न पाएका थिएनन् । मुस्ताङमा उत्पादित विजुली कम्पनीले कोवाङको ३३ केभी सवस्टेशनमा सर्कुलर गरेपनि त्या अन्य मुस्ताङका ४ पालिकाले उपयोग गर्न पाएका थिएनन् ।
प्राधिकरणद्धारा थालिएको ३३ केभी सवस्टेशन निर्माण तथा प्रशारण लाईन पुरा भएमा कुनै एक स्थानमा विद्युत आपूर्तीमा समस्या आएपनि अन्य स्थानमा कुनै समस्या हुँदैन ।
मुस्ताङमा प्राधिकरणको मापदण्ड अनुसार सवस्टेशन नहुनु र हालको ११ केभी बाटै विद्युत आपूर्ती गर्दा जिल्लामा लामो समयसम्म पुरै जिल्ला अन्धकारण हुन समस्या छ । ३३ केभीले मुस्ताङ सबै विद्युत समस्यालाई समाधान गर्ने विश्वाश गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार