काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मकै ठूलो पुरस्कार राशी राखिएको यो प्रतियोगिताको विजेताले १ करोड ११ लाख रुपैयाँ प्राप्त गर्नेछ।
उपविजेताले ५० लाख, तेस्रो स्थानमा रहने टोलीले ३० लाख, र चौथो स्थानमा रहने टोलीले २० लाख रुपैयाँ जित्नेछन्।
प्रतियोगितामा सहभागी टिमहरू
यो प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गर्दै छन्:
1. विराटनगर किंग्स्
2. जनकपुर बोल्ट्स
3. चितवन राइनोज
4. काठमाडौं गुर्खाज
5. लुम्बिनी लायन्स
6. पोखरा एभेन्जर्स
7. कर्णाली याक्स
8. सुदूरपश्चिम रोयल्स
खेल संरचना
• सिंगल राउन्ड रोबिन लिग पद्दतिमा आधारित यो प्रतियोगितामा कुल ३२ खेल हुनेछन्।
• लिग चरणमा २८ खेल।
• प्लेअफ चरणमा ३ खेल।
• फाइनल चरणमा १ खेल।
• प्रतियोगिता मंसिर १५ (आज) देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटमा व्यावसायिकता र उत्साह थप्ने अपेक्षा गरिएको छ। यो प्रतियोगिता खेलाडीहरूका लागि ठूलो अवसरका रूपमा रहेको छ, जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन सहयोग पुर्याउनेछ।