रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको र मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।

आयोगको ध्यानाकर्षण गराउन रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए। उनीहरूले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए।सहकारीको रकम ठगेको आरोपमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो।भोलिपल्ट शनिबारको सार्वजनिक बिदाका कारण दुई रात हिरासतमा राखेर २३ गते उनलाई भैरहवा कारागार चलान गरिएको थियो। लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ।

0
0
0
0
0
0


प्रतिक्रिया