नेचुङ विओपीका सुरक्षाकर्मीद्धारा विद्यार्थी र शिक्षकको उद्दार

जोमसोम—सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(विओपी)का सुरक्षाकर्मीले एक शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरुको शनिबार साँझ उद्दार गरेको छ । लोमान्थाङ—४ नेचुङमा रहेको विओपी सुरक्षकर्मीहरुको सहयोगमा कोरलानाका पुगेर फर्किएको विद्यार्थी तथा शिक्षक टोलीलाई उद्दार गरेको हो ।

पोखरा महानगर पालिका—७ मासवार कास्की स्थित मदरल्याण्ड माध्यमिक विद्यालयको शैक्षिक भ्रमणका लागि (नेपाल—चीन) कोरलानाका पुगेको टोली फर्किदा साँझ बस बिग्रिएपछि कोरला सडकमै अलपत्र परेका थिए । शैक्षिक भ्रमण टोलीमा १९ जना विद्यार्थी, ४ जना शिक्षक र चालक —सहचालक २ गरी २५ जना थिए ।

राति अबेर भईसकेको र बस समेत बिग्रिएकाले शैक्षिक भ्रमणको टोली अलपत्र परेका थिए । उनीहरुलाई विओपीको ५ जना सुरक्षाकर्मीको समन्वयमा उद्दार गरी लोमान्थाङको होटलमा पू¥याईएको विओपी ईञ्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए । 

अलपत्र परेको शैक्षिक भ्रमणको विद्यार्थी तथा शिक्षक टोलीलाई होटलसंग समन्वय गरी होटलकै गाडीमा पू¥याईएको ईञ्चार्ज क्षेत्रीले उल्लेख गरे । लोमान्थाङ बजार र बस बिग्रिएर अलपत्र परेको स्थानको दुरी करिव ८ किमी उत्तर पर्छ ।

यसैगरी बिग्रिएको गाडी अहिले मर्मतपछि विओपी क्याम्पमा राखिएको ईञ्चार्ज क्षेत्रीले बताए ।


प्रतिक्रिया