पचरूखी ग्राम थान बसघरा निर्माणको शिलान्यास सम्पन्न


पचरूखी, फागुन २६ – पचरूखी ग्राम थान बसघरा निर्माण कार्यको शिलान्यास कार्यक्रम आज एक भव्य समारोहबीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरी सहभागी हुनुभएको थियो।


शिलान्यास समारोहमा श्री पचरूखी ग्रामदेव थान समिति तथा स्थानीय वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले ग्राम थानको संरक्षण, धार्मिक-सांस्कृतिक प्रवर्द्धन तथा स्थानीय सम्पदाको महत्वलाई उजागर गर्दै निर्माण कार्यले क्षेत्रको धार्मिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।


उक्त बसघरा निर्माणले भक्तजनहरूलाई सहजता प्रदान गर्नुका साथै क्षेत्रको धार्मिक तथा सांस्कृतिक गरिमालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। यस अवसरमा स्थानीय अगुवा, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूले पनि आ–आफ्ना विचार व्यक्त गर्दै निर्माण कार्यलाई सफल बनाउन सहकार्यको प्रतिबद्धता जनाएका थिए।


कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले सम्पूर्ण सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै, यस प्रकारका धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका लागि निरन्तर सहयोग र समर्थन रहने प्रतिवद्धता जनाउनुभयो।


– Aama Darshan News

प्रतिक्रिया