✍️ आमा दर्शन न्यूज | काठमाडौं
पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता सपरिवारसहित नारायणहिटी दरबार संग्रहालय जान लागेका छन्। उनले २०५८ सालमा भएको दरबार हत्याकाण्डमा ज्यान गुमाएका आफ्ना परिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गर्न जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
जेठ १९ गतेको राति तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजनलगायतका सदस्यहरूको निधन भएको थियो। हरेक वर्ष यो मितिमा दिवंगत आत्माहरूको सम्झनामा श्रद्धाञ्जलि र दीप प्रज्वलन कार्यक्रम हुँदै आएको छ।
यस वर्ष पनि पूर्व राजा ज्ञानेन्द्रले आफ्ना स्वर्गीय आफन्तहरूको आत्माको शान्तिको कामना गर्दै नारायणहिटी परिसरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। उहाँसँगै पूर्व रानी कोमल, छोरी प्रेरणा र अन्य पारिवारिक सदस्यहरू पनि सहभागी हुने बताइएको छ।
यसरी दरबार हत्याकाण्डको स्मरण गर्दै पूर्व राजपरिवारको उपस्थिति जनाउनुले जनमानसमा अझै पनि यो घटनाले छाडेको गहिरो छाप झल्किएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता