काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बनलाई अन्यायपूर्ण भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले अदालतले धरौटीमा छोडिसकेपछि पनि संसदबाट लामिछानेको निलम्बन गरिनु न्यायसंगत नभएको बताएका हुन्। उनले सहकारी प्रकरणमा प्रत्यक्ष संलग्नता नदेखिएको व्यक्तिलाई “देशकै सबैभन्दा ठूलो सहकारी ठग” को रूपमा चित्रित गर्नु गलत भएको दाबी गरे।
दाहालले विगतमा प्रधानमन्त्री बन्न अफर गर्नेहरूले नै अहिले न्यायपालिकालाई दबाब दिने प्रयास गरिरहेको आरोप लगाए। साथै, उनले सहकारी ठगी प्रकरणमा सरकारको हस्तक्षेप र अपनाइएको मापदण्ड अन्यायपूर्ण मात्र नभई अपराधपूर्ण रहेको बताएका छन्।
उनले वर्तमान सरकार प्रतिशोध लिने प्रवृत्तिमा केन्द्रित भएको आरोप लगाउँदै निष्पक्ष न्यायिक प्रक्रिया आवश्यक रहेको उल्लेख गरे।
रवि लामिछानेको सहकारी प्रकरण र यसले ल्याएको राजनीतिक प्रभावबारे विभिन्न दलबीच मतभेद देखिएको छ। सरकारको निर्णयमाथि विपक्षी दलहरू र लामिछाने समर्थकहरूले पनि आपत्ति जनाइरहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार