मकवानपुर, बकैया – बकैया गाउँपालिकामा आयोजित खुल्ला कराते प्रतियोगिता बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन सत्रमा मन्त्री महर्जनज्यूले खेलकुद क्षेत्रले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदलाई अनुशासन, प्रतिबद्धता, र नेतृत्व विकासको उत्कृष्ट माध्यमको रूपमा परिभाषित गर्नुभयो।
सो अवसरमा गाउँपालिकाका प्रमुख, जनप्रतिनिधिहरू, अभिभावकहरू, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र, र पदक वितरण गरिएको थियो।
बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउँदै मन्त्री महर्जनज्यूले भविष्यमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा आयोजक समितिका अध्यक्षले सबै सहभागी, प्रशिक्षक, अभिभावक, तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै खेलाडीहरूको भविष्य उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
यो प्रतियोगिता खेलकुदको विकास र स्थानीय प्रतिभाहरूको पहिचान तथा प्रवर्द्धनमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता