काठमाडौं, चैत ११ – पद्मकन्या क्याम्पस, बागबजारमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का बागी उम्मेदवारहरूको प्यानलले विजय हासिल गरेको छ।
चैत ७ गते सम्पन्न निर्वाचनमा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारलाई पराजित गर्दै नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर सभापतिमा निर्वाचित भएकी हुन्। ऐरले ७३० मत प्राप्त गरेकी थिइन्।
विजयको खुसीयालीमा सोमबार क्याम्पस परिसरबाट सुरु भएको विजय जुलुस रत्नपार्क, त्रिचन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै पुनः पद्मकन्या क्याम्पसमा पुगेर सम्पन्न भएको थियो। जुलुसमा सहभागीहरूले ‘नेविसंघ जिन्दावाद’, ‘विद्यार्थी जिन्दावाद’, ‘यो जित कस्को? विद्यार्थीको!’ जस्ता नारा लगाएका थिए।
उक्त विजय जुलुसमा विद्यार्थीहरूले दुर्गेश थापाको चर्चित गीतमा नृत्य गर्दै खुसी साटेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता