काठमाडौं, वैशाख ३२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको जापान भ्रमण अन्तिम समयमा स्थगित गरिएको छ। स्मार्ट सिटी सम्बन्धी कार्यक्रममा सहभागी हुन तय गरिएको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको भए पनि अन्ततः मेयर शाह भ्रमणमा नगएको महानगर स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार, मेयर शाह वैशाख ३०, ३१ र जेठ १ गते (अनुसार मे १३, १४ र १५) जापानमा हुने Smart City Conference मा सहभागी हुने तयारीमा थिए। भ्रमणको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र मन्त्रिपरिषद्बाट स्वीकृति पनि प्राप्त भएको अवस्थामा भ्रमण स्थगन हुनुको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन।
महानगर स्रोतले भन्यो, “मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएर आएको थियो, तर अन्तिम समयमा मेयरज्यू जानु भएन।” भ्रमण स्थगनको निर्णयले आगामी दिनमा महानगरको अन्तर्राष्ट्रिय साझेदारी र शहरी विकास सम्बन्धी योजनामा के असर पर्छ भन्नेबारे चासो बढेको छ।
स्मार्ट सिटी कार्यक्रम मार्फत विभिन्न मुलुकबीच प्रविधिमैत्री, दिगो तथा समावेशी सहर निर्माण सम्बन्धी अनुभव र रणनीति आदान–प्रदान हुने लक्ष्य रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता