काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद स्वर्णिम वाग्ले दर्जनभन्दा बढी नेपाली नेताहरूसँग मध्यरातमा चिनतर्फ प्रस्थान गरेका छन्। यो भ्रमणको मुख्य उद्देश्य नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक र व्यापारिक साझेदारीलाई अगाडि बढाउने रहेको छ।
नेता वाग्लेसहितको टोलीमा अन्य प्रमुख राजनीतिक दलका नेताहरू पनि सामेल छन्। भ्रमणका क्रममा नेपालले चीनसँगको व्यापार घाटा, लगानी, पूर्वाधार विकास तथा सांस्कृतिक आदानप्रदानको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै, नेपालका लागि चीनको सहयोग तथा विकास परियोजनाहरूमा थप सहकार्यको सम्भावना खोजिनेछ।
नेपाल र चीनबीच लामो समयदेखिको घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक साझेदारीलाई व्यापक बनाउने आशामा यो भ्रमण निकै महत्त्वपूर्ण मानिएको छ। पछिल्ला केही वर्षमा चिनियाँ लगानी नेपालमा उल्लेखनीय रूपले वृद्धि भएको छ भने यो भ्रमणले अझै ठूला परियोजनाहरूका लागि द्वार खोल्न सक्छ।
चीनका उच्च अधिकारीहरूसँग हुने छलफल र भेटघाटले नेपालका लागि आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुग्ने विश्लेषकहरूको विश्वास छ।
आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता